काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घट्दा नेपाली सुकेको लसुनको मूल्य बढेको छ । डल्ले च्याउको मूल्य ४० रुपैयाँले घटेर प्रतिकेजी ३४० रुपैयाँमा र नेपाली सुकेको लसुन ४० रुपैयाँले बढेर प्रतिकेजी २२० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २९ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी १३०, घिउ सिमी लोकल १००, घिउ सिमी राजमा १३०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ६०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, झिगुनी ७०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) १००, भिण्डी ५५, पिंडालू ९०, स्कुस ८० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १५०, कन्य च्याउ २००, डल्ले च्याउ ३४०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १२०, चुकन्दर ७०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २५०,पार्सले ६००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १८०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २४०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।