Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सेयर कारोबारको रेकर्ड तीन वर्षपछि तोडियो, थोरैमात्र करेक्सन, ‘बजार बुलमै’

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल ९बालाजु० लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसैगरी आज चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK