Skip to content
LAXMI SUNRISE BANK

एफएनसीसीआईद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना

अर्थ सरोकार

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबारबाट सुरु भएको हो ।

बुधबारबाट सुरुभएको तालिम तीन दिन सम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौता बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्धघाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो । तीन दिनसम्म संचालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाई महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेकी छिन् ।

प्रमुख अतिथिले उदघाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुँदा अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय वनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएका थिए ।

तीन दिनसम्म संचालन हुने उक्त तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK