×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया क्यापिटलद्वारा प्रगति विवरण सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया क्यापिटलद्वारा प्रगति विवरण सार्वजनिक

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजनक बृद्धि गर्न सफल भएको जनाएको छ । चुक्ता पूँजी रु.२० करोड रहेको एनआईसी एशिया क्यापिटलले समिक्षा अवधिमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
क्यापिटलको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ५० पैसा कायम गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो ।
आर्थिक वर्षको अन्त्यसम्म क्यापिटलले देहाय बमोजिमको व्यवसाय गरेको छ । 
 
आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ ।
संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
त्यस्तै, ‘एनआईसी एशिया ब्यालेन्सड फण्ड’ ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो  वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना ‘एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
उक्त लाभांश वितरण पश्चात तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु ‘एनआईसी एशिया ग्रोथ फण्ड’ को खुद सम्पत्ति मूल्य ११.४७, ‘एनआईसी एशिया ब्यालेन्सड फण्ड’ को खुद सम्पत्ति मूल्य ११, पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ को खुद सम्पत्ति मूल्य ११.०९, तेश्रो बन्दमुखी योजना ‘एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)’ को खुद सम्पत्ति मूल्य ११.४६, चौथो बन्दमुखी योजनाको ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ को ११.३४ र पाँचौं बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड-२ को खुद सम्पत्ति मुल्य रु.१०.०७ कायम गर्न सफल भएको छ ।
नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत एसडब्लुपी तथा एसआइपी योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।
क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आइडिया टु आइपीओ’ सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २८ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ ।
त्यस्तै, क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम योजनाहरु संचालन गरी आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट रु.२ अर्ब ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ ।
क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।
क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझँ पुर्याउन एनआईसी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
क्यापिटलले २०८१ आषाढ मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता मात्र रु.९९९ मा लाइफटाइम डिम्याट खाता नविकरण हुने तथा रु.१,००० मा भुक्तानी गर्दा मेरो सेयर खाता लाइफटाइमको लागि नविकरण हुने योजना संचालन गरिरहेको छ । साथै ‘एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना’ अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा ‘९९९ बैदेशिक रोजगार डिम्याट योजना’ लगायतका योजनाहरु संचालन गरिरहेको छ ।
हाल क्यापिटलले एनआईसी एशिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत संचानलनमा ल्याएको छ ।
क्यापिटलले मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २४ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई रु.१३ अर्व भन्दा बढी शेयर पूँजी संकलन गरिदिन सफल भएको क्यापिटलले जनाएको छ ।
आषाढ मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै ४ वटा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।
साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन ‘अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मुल नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोबाइलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित ‘मोबाइल एप’ संचालन गरीरहेको छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई ‘मोबाइल एप’ मा इन्टिग्रेसन गरी डिजिटलाईजिड रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी