×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ३२ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार ३२ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्बमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२  रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा सबैभन्दा बढी नाफा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसैगरी आज मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी