×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा घरजग्गा कर्जा ५० अर्बले बढ्यो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक वर्षमा घरजग्गा कर्जा ५० अर्बले बढ्यो 

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब बढी कर्जा घरजग्गा क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कुल ६ खर्ब ४५ अर्ब ५९ करोड ४० लाख रुपैयाँ प्रवाह गरेका हुन् । 

गत आर्थिक वर्षमा घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५० अर्ब १३ करोड रुपैयाँ बढी हो । 

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कुल ५ खर्ब ९५ अर्ब ४८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा ३ खर्ब ४९ अर्ब ३८ करोड ५० लाख र रियलस्टेटमा २ खर्ब ४६ अर्ब ९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये ३ खर्ब ८४ अर्ब ४१ करोड २० लाख रुपैयाँ व्यक्तिगत आवास शीर्षकमा प्रवाह भएको छ भने रियलस्टेटमा २ खर्ब ६० अर्ब १८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । 

समीक्षा अवधिमा वाणिज्य बैंकहरुले मात्रै घरजग्गा क्षेत्रमा ५ खर्ब ३२ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

त्यस्तै, सोही अवधिमा विकास बैंकहरुले ९० अर्ब ३५ करोड ५० लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले कुल २३ अर्ब २ करोड १० लाख रुपैयाँ कर्जा घरजग्गा क्षेत्रमा प्रवाह गरेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी