×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारको बुललाई मौद्रिक नीतिले सपोर्ट गर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सेयर बजारको बुललाई मौद्रिक नीतिले सपोर्ट गर्छ’

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका लगानीकर्ता रोहन कार्कीले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि अर्थ सरोकारसँग कुराकानी गर्दै कार्कीले यसपालिको मौद्रिक नीति विगतको भन्दा धेरै लचिलो र बजारमैत्री आएको बताएका हुन् । 

उनले चालु आर्थिक वर्ष २०८१ ८२ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अढाई वर्षपछिकै लचिलो भएको प्रतिक्रिया दिएका छन् । 

‘करिब अढाई वर्षपछि पहिलोपटक पूँजी बजार, लगानीकर्ता, व्यवसायी र अर्थतन्त्रमैत्री मौद्रिक नीति आएको छ । यसलाई आम लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै लगानीकर्ता कार्कीले भने, ‘मौद्रिक नीति र मौद्रिक नीतिले दिएको आत्मविश्वासले आगामी दिनमा बजारलाई थप उचाइमा पुर्याउन मद्दत गर्छ ।’ 

त्यस्तै, कार्कीले सेयर कर्जामा राष्ट्र बैंकले लगाएको ‘क्याप’को औचित्य नभएको भन्दै यो हटाउनैपर्ने व्यवस्था भएको बताएका छन् । यद्यपि यसपालिको मौद्रिक नीतिमा संस्थागततर्फ २० करोडको सीमा खारेज हुनु पनि बजारका लागि राम्रै कुरा भएको कार्कीको भनाई छ । ‘सेयर बजारमा ४ १२ वा १५ २० को सीमा आवश्यक नै छैन, दुवै खारेज गर्नुपर्थ्यो ।’, उनले भने, ‘तथापि अहिले संस्थागततर्फको सीमा खारेज भएको छ । यसले समग्रमा बजारमा राम्रै प्रभाव पर्छ ।’ 

कार्कीले फण्डामेन्टल्ली, टेक्निकल्ली र बजारका सम्पूर्ण इन्डिकेटरले सेयर बजारमा ‘बुल’ सुरु भइसकेको संकेत गरेको भन्दै बजारको ‘बुल’लाई मौद्रिक नीतिले सपोर्ट गर्ने बताएका छन् । 

साथै उनले बजारले उकालो गति तय गरिसकेको भन्दै अब सेयर बजारमा देखिने सानातिना करेक्सनबाट लगानीकर्ता आत्तिनु वा हौसिनु नपर्ने बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी