काठमाडौँ। नेप्सेमा सर्किट लाग्दा नेप्सेको थोत्रो वेवसाइट भने क्र्यास भएको छ । अत्याधिक लगानीकर्ताहरुले एक साथ हेरेपछि नेप्सेले कामचलाउ मात्र बनाएको थोत्रो वेव साइट क्र्यास भएको अनुमान गरिएको छ । यद्यपी साइटलाई क्र्यास गराएर भित्रभित्रै चलखेल भएको हुन सक्नेसमेत अनुमान गरिएको छ । केहि सर्किट लागिसकेका सेयरहरुको पुन: कारोबार सुरु भएको तथ्यले पनि यसको संकेत गर्छ ।
नेप्सेका अधिकारीहरुका अनुसार यहि क्र्यासलाई देखाएर अव पुन साइट मर्मतका नाममा नेप्सेले लाखौँ रुपैयाँ खर्च गर्नेछ । एकातिर चलखेल पनि गर्न पाइने, अर्कोतर्फ यहि क्य्रासलाई देखाएर अर्को खर्च पनि गर्न पाइने भएपछि नेप्सेले जानीजानी साइट क्र्यास गराएको हुन सक्ने अनुमान लगानीकर्ताले गरेका छन् ।
नेप्सेले अहिले लाइभमा १० हजार भिजिटरसमेत धान्ने गरेको छैन । जवकी सामान्य न्युज पोर्टलहरुले समेत लाइभमै २५ हजारसम्म भिजिटर धान्नेगरी सर्भर राखेका हुन्छन् ।
नेप्सेमा यहि थोत्रो साइटलाई लिएर बार्षिक करोडौंको ‘चलखेल’समेत हुने गरेको छ । यद्यपी बर्षौंदेखि साइटको समस्या भने ज्यूँ त्यूँ छ । केहि समय अगाडी भएको आईटी अडिटका क्रममा सो साइटभित्र समस्या रहेको समेत तथ्य बाहिर आएको थियो । तर नेप्सेले सो साइटलाई सुधारेको छैन ।