काठमाडौँ । सेयर कारोबारमा सर्किट लागेको दिन नेप्सेमा बदमासीको हद देखिएको छ । कारोबार विवरणमै गोलमटोल गरेर वाईकोले बदमासीको हद गरेको हो । नेप्सेले साइटमा एनआईएमबिको सेयर सर्किट लागेकाले बन्द भएको गलत आशय प्रकट गरेर पुन: कारोबार खोलेको छ ।
कतिपय कम्पनीको सेयर त बेच्न मात्र मिलिरहेको छ । कतिपय टिएमएसमा किन्न नमिल्ने, बेच्न मात्र मिल्ने समस्या देखिएको छ भने कतिपय टिएमएसमा बाइ, सेल नै नदेखिने समस्या देखिएको छ । वाईकोले मिलेमतोमा यस्तो बदमासी गरिरहेको आरोप लगानीकर्ताको छ । तर वाईको भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहिरहेको छैन ।
-यसअघि एनआईएमबिको कारोबार विवरण सच्याईएको छ -सम्पादक