×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, इन्टरनेट प्याकेजमा २९ प्रतिशत छुट पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, इन्टरनेट प्याकेजमा २९ प्रतिशत छुट पाइने

Artha Sarokar

१४ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वर्ल्डलिंकले दुईमा चार अफर ल्याएको छ । सो अफरमा एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ ।

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउने कम्पनीले जनाएको छ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । यस बाहेक ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क हुन आउने वर्ल्डलिंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी