Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, डा.गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागको जिम्मा

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । साउन १४ गतेदेखि लागु हुनेगरी राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

योसँगै यसअघि राष्ट्र बैंकको प्रवक्ता रहेका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । 

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै उनलाई काजमा पठाउनुपर्ने भएपछि आर्थिक अनुसन्धान विभागको जिम्मा भट्टलाई दिइएको हो ।

हाल श्रेष्ठको दरबन्दी भुक्तानी प्रणाली विभागमा कायम गरिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK