काठमाडौँ । पछिल्लो १ महिनामा सेयर लगानीकर्ताको सम्पत्ति १० खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांकअनुसार लगानीकर्ताको सम्पत्ति एक महिनामा १० खर्ब रुपैयाँले बढेको हो ।
नेप्सेका अनुसार असार १० गतेसम्म नेप्सेमा सूचीकृत सबै सेयरको मूल्य ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा साउन १० गतेसम्म उक्त रकम बढेर ४२ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।
नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्यमा वृद्धि भएसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि बढेको हो ।
पछिल्लो केही दिनयता लगातार बढिरहेको बजार सोमबार (आज) भने २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा पुगेको छ । आज नेप्सेमा १९ अर्बमाथिको सेयर कारोबार भएको छ ।