×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको गाला कन्सर्ट सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल लाइफ इन्स्योरेन्सको गाला कन्सर्ट सम्पन्न

Artha Sarokar

१६ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको गाला कन्सर्ट सम्पन्न भएको छ । इन्स्योरेन्सले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा सोल्टी होटलमा नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाईफले सदा झैँ अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशैभरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी