×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम पछी धकेलियो, लागत डेढ अर्व पुग्ने अनुमान !(भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखराको सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम पछी धकेलियो, लागत डेढ अर्व पुग्ने अनुमान !(भिडियो)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
पोखरा । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केबलकार निर्माणको काम लकडाउनका कारण पछि धकेलिएको हो । 
केबलकारबाट मनमोहक दृश्य सहित बिहानीको सराङङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावि निर्माण कम्पनीको छ । लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्न्पुर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालले बताउनुभयो ।
केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भएपनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी