Skip to content
LAXMI SUNRISE BANK

सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार नाघ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज । सप्तरीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । 
जसमा ३७ जना जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा संक्रमितको कुल सङ्ख्या १ हजार १४३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा १९९ जना महिला छन् । संक्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएको तथा १ महिला र ८ पुरुषको मृत्यु भएको भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK