×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो तथा मध्यम दुरीका सवारीसाधान आजबाट सञ्चालनमा, अनावश्यक काममा रोकिन बन्देज ! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लामो तथा मध्यम दुरीका सवारीसाधान आजबाट सञ्चालनमा, अनावश्यक काममा रोकिन बन्देज ! (भिडियो रिपोर्ट)

Artha Sarokar

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान आजबाट सञ्चालनमा आएका छन । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्सँग सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो । लक डाउन खुकुलो भएपछि छोटो दुरीका सवारी सञ्चालनमा आएपनि लामो दुरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइने छ । 
आज आज विश्वकर्मा पूजाको अवशरमा पूजा सकेर गाडीहरु चल्न सुरु भएको व्यवसायीहरुले बताएका छन । यातायात सञ्चालन गर्दा विगतभन्दा कम अर्थात कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइने छ । यद्यपी साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । स्वास्थ्य सावधानीका उपाय पालना गरे÷नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । 
लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ । उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर विजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोरविजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन । 
होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ । यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ । तर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध ¥याली र सभामा लगाइएको रोक कायमै राखिएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी