Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश एकाइ समिति गठन, संयोजकमा एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख शाक्य चयन

अर्थ सरोकार

सुर्खेत । नेपाल बैंकर्स सङ्घ कर्णाली प्रदेश एकाइ समिति गठन गरिएको छ । एभरेष्ट बैंक प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय बैंकर्स सङ्घ कर्णाली एकाइ समिति गठन गरिएको हो ।एकाइको सहसंयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन हुनुभएको छ ।
केन्द्रमा रहेको बैंकर्स सङ्घलाई सातै प्रदेशमा एकाइ समितिका रुपमा विस्तार गरिएको हो । संयोजक शाक्यले एकाइ समितिले प्रदेश राजधानी र प्रदेशका सबै जिल्लामा बैंक तथा वित्तीय कारोवार, सरोकार निकायबीच समन्वय गर्न सहज हुने बताउनुभयो ।-रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK