×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा १५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा १५ प्रतिशत छुट

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी