×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वायुसेवा कम्पनीले १ असोजबाट बुकिङ खुलाउने तयारी, गन्तव्य तोक्न बाँकी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वायुसेवा कम्पनीले १ असोजबाट बुकिङ खुलाउने तयारी, गन्तव्य तोक्न बाँकी

Artha Sarokar

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनीले  बुकिङ खुलाउने तयारी गरेको छ । कम्पनीले असोज १ गतेबाट बुकिङ खुलाउने तयारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सरकारले अहिलेसम्म उडान खुला हुने गन्तब्यको सूची दिइसकेको छैन । ‘हामीलाई सूची आएपछि त्यसका आधारमा वायुसेवा कम्पनीलाई परमिट दिन्छौं,’ उनले भने । उनका अनुसार पहिलो चरणमा सबै गन्तब्यमा शतप्रतिशत उडान भने खुल्ने छैनन् । 
यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित शहरहरुमा निषेधाज्ञा लागू भयो । त्यसपछि उडान समेत पर सरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी