काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्यातजन्य बस्तु साना मझौला उद्योगमा रहेको भन्दै यस्ता उद्योगको प्रवर्द्धन र विकासमा सरकार हरतरहले लागेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सिंहदरबारमा भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघको सम्बन्ध परस्पर रुपमा अगाडि बढ्न सके मात्रै मुलुकको उद्योग क्षेत्र माथि उठ्ने बताए ।
आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको भन्दै उनले भने, ‘घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन, कृषि उद्योग छ, विभिन्न उत्पादनमूलक उत्पादन छ, हर्बलसँग जोडिएको छ नेपालको स्रोतसाधन सबैसँग जोडिएको हुन्छ । यसलाई माथि उठाउने काम गर्नुस । त्यसका लागि नीति कानुनको सहजीकरण गर्न मन्त्रालय तयार छ ।’
‘सरकारले नीतिमा सहुलियत दिने हो । उद्योग त उद्योगी व्यवसायीले चलाउने हो । त्यसैले उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिवद्ध रहेको छ।’ उनले भने ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ र सत्यनारायण प्रजापति, महासंघ बागमती प्रदेशका उपाध्यक्ष रामकृष्ण खड्का, महासंघ बागमती प्रदेश महिला समिति अध्यक्ष सुलोचना श्रेष्ठ, महासंघ काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, भक्तपुर जिल्ला अध्यक्ष प्रेम खर्बुजा, भक्तपुर जिल्ला पूर्वअध्यक्ष विरेन्द्र जत्ति, काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, महासंघका कार्यकारिणी सदस्य विनोददेव पन्त, डिल्लीराम गिरीलगायतको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्