काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अस्ट्रेलिया-काठमाडौँ उडान सुरु गर्ने भएको छ । नेपाल एयरलाइन्सले यही दशैँदेखि अस्ट्रेलियाको सिड्नीदेखि काठमाडौँ उडान गर्ने भएको हो ।
नेपाल एयरलाइन्सको सिड्नी-काठमाडौँ उडानका विषयमा हाल नेपाल र अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल र आवश्यक अध्ययन भइरहेको छ ।
अस्ट्रेलिया-नेपाल उडान गर्ने विषयमा ५ वर्ष अघिदेखि छलफल भइरहेको भए पनि पछिल्लो डेढ वर्षयता छलफलले तिव्रता पाएको हो । योसँगै अब यही दशैँदेखि सिड्नी-काठमाडौँ सिधा उडान सुरु हुने नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले बताएका छन् ।
हाल सिड्नी-काठमाडौँ उडानका विषयमा छलफल गर्न नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ निर्देशक टेकनिधि दहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अस्ट्रेलियामा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्