Skip to content
LAXMI SUNRISE BANK

पोष्ट मर्जर लफडाः मिर्मिरेको अस्तित्व मेटिने पीरमा कर्मचारी, माग पूरा नभए २७ गतेदेखि ‘पेन डाउन’ !  

अर्थ सरोकार

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा चलेको पोष्ट मर्जर लफडा झनै उग्र बनेको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्तबीच २०८० फागुनमा १ः१ स्वाप रेसियोमा मर्जर भए पनि संस्थाका सीईओ र व्यवस्थापनको हेपाहा प्रवृत्तिले मिर्मिरेको अस्तित्व नै गुम्ने खतरा भएको भन्दै मिर्मिरेका कर्मचारी थप आन्दोलित बनेका छन् । 

पटकपटक माग सम्बोधन गर्न दबाब दिँदा पनि व्यवस्थापनले अटेर गरेपछि अहिले मिर्मिरे लघुवित्त कर्मचारी संठगनले विज्ञप्ति नै जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

विज्ञप्तिमार्फत कर्मचारीहरुले माग सम्बोधन नभए साउन २७ गतेदेखि हातमा कालोपट्टी बाँध्ने, दैनिक २ घण्टा पेन डाउन गर्ने र भदौ २ गतेदेखि शाखा कार्यालयहरुमा तालाबन्दी गरी सम्पूर्ण काम ठप्प गर्ने चेतावनी दिएका छन् । 

आन्दोलित कर्मचारीहरुले मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको मनोबल गिराउनेगरी अनावश्यक सरुवा तथा जिम्मेवारी परिवर्तन गरेर कर्मचारीलाई मानसिक तनाव दिएको आरोप लगाएका छन् । श्रृङखलाबद्ध रुपमा मिर्मिरेका कर्मचारीमाथि दबाब दिइएकोप्रति व्यवस्थापन तथा सञ्चालक समिति मुकदर्शक बनेको, संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले गैरजिम्मेवार अभिव्यक्ति दिएर कर्मचारीलाई हतोत्साहित बनाउने काम गरेको आन्दोलित कर्मचारीहरुको आरोप छ । 

‘हामी स्वतन्त्र रुपमा, ढुक्क भएर काम गर्न चाहन्छौँ । तर, व्यवस्थापन पक्षले हाम्रो काम गर्ने वातावरण दिनदिनै बिगार्दैछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै मिर्मिरे लघुवित्त कर्मचारी संगठनका अध्यक्ष रोशन बुढाथोकीले भने, ‘मिर्मिरेका कर्मचारीलाई हेपिएको छ । अनावश्यक सरुवा गरिएको छ । नचाहिँदो पद सृजना गरेर मनोबल गिराउने काम भएको छ, जुन हामीलाई सह्य छैन । यही स्थिति रहे कुनैदिन मिर्मिरेको अस्तित्व पनि सिद्धिने खतरा भयो । त्यसैले जबसम्म माग पूरा हुँदैन हाम्रो आन्दोलन सशक्त हुन्छ ।’  

यता नेरुडेका कर्मचारीको सरुवा, बढुवामा रत्तिभर पनि समय नलगाउने तर मिर्मिरेका कर्मचारीले शाखा प्रबन्धकका रुपमा काम गर्न सकिएन, फिल्डमा पठाइदिनुपर्यो भन्दा महिनौँसम्म पनि विभिन्न बाहनामा दुःख दिइरहने गरेको कर्मचारी संगठनका महासचिव कटक बहादुर शाहले बताए । उनले पनि अब मिर्मिरेका कर्मचारीमाथिको दमनले हद पार गरेको भन्दै सशक्त आन्दोलनको चेतावनी दिएका छन् । 

विभिन्न माग राख्दै सशक्त आन्दोलनको चेतावनी दिएका मिर्मिरेका कर्मचारीहरुले मर्जरपछि सृजना गरिएको केन्द्र व्यवस्थापक पद खारेज गर्नुपर्ने, कनिष्ठ सहायक पद सरह नै कायम गरिनुपर्ने, एउटै फिल्डमा सँगै काम गर्ने कर्मचारीबीच विभेदपूर्ण व्यवहार गर्न नहुने लगायतका मागलाई ‘बटम लाइन’ बनाएका छन् । 

हाल कर्मचारी आन्दोलनका कारण लघुवित्तभित्र कर्मचारी कर्मचारीमा आन्तरिक टसल सृजना भएको छ भने काम गर्ने वातावरण बिग्रिँदा चुस्त र दुरुस्त हुनुपर्ने संस्थाको सेवा प्रभावित भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK