×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आवश्यकता अनुसार कतैकतै पुल बनाउने हो, खोलामाथि घर र बाटो बनाउने होइन’- बालेन शाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आवश्यकता अनुसार कतैकतै पुल बनाउने हो, खोलामाथि घर र बाटो बनाउने होइन’- बालेन शाह

Artha Sarokar

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा टुकुचा खोलामाथि बनेको सडक भासिएको छ । काठमाडौँ महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । 

टुकुचामाथिको सडक भासिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले ‘आवश्यकता अनुसार खोलामाथि कतैकतै पुल बनाउनपर्छ, खोलामाथि घर र बाटो होइन’ भन्दै प्रतिक्रिया दिएका छन् ।  

मेयर शाहले सोही पोष्टमार्फत केही समयअघि महानगरले यस्तै जोखिम देखेर खोला खुला गर्न टुकुचा खोल्ने काम सुरु गरेको तर अदालती कारणले रोक्नुपरेको बताएका छन् । 

त्यस्तै, उनले अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको र सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खालाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनपर्नेमा जोड दिएका छन् । 

त्यसपश्चात् टुकुचा खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउने मेयर शाहले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी