Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्ज कम्पनीको लाइसेन्स खारेज 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । 

राष्ट्र बैंकले काठमाडौँको ठमेलस्थित रेन्बो मनी एक्सचेञ्ज प्रालि र ललितपुरको पुल्चोकस्थित कसा मनी एक्सचेञ्ज प्रालिको लाइसेन्स खारेज गरेको हो । 

बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेको भन्दै दुवै मनी एक्सचेन्जरको लाइसेन्स खारेज गरेको जनाएको छ । 

राष्ट्र बैंकका अनुसार दुवै एक्सचेञ्जरको लाइसेन्स नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप-विनियम (३) अनुसार खारेज गरिएको हो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK