काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ०६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ नयाँ बसपार्क बस्ने ३५ वर्षीय सुमन ज्ञवाली रहेका छन् ।
उनले आकर्षक तलबको प्रलोभनमा पारेर ६ जना व्यक्तिबाट २७ लाख रुपैयाँ ठगी गरेका थिए ।
ज्ञवालीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. २६ गोङ्गबुबाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।