Skip to content
LAXMI SUNRISE BANK

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा जारी,बैंक तथा सहकारी संस्थाहरु भीडभाड नगरी सञ्चालन गर्न पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने छन् ।  यस्तै होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउनेछन् ।  शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न निषेध गरिएको छ । बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन हुन पाउने आदेशमा उल्लेख छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK