Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ३६.८३ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको दुई करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ ।

त्यस्तै, कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK