काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
यसअघि अधिकांश स्थानीय तहले भूउपयोगी नीति नबनाउँदा जग्गाको कित्ताकाट रोकिएर समस्या सृजना भएको थियो । पछि सरकारले एक वर्षको समयावधि दिएर सम्पूर्ण पालिकालाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो ।
तर, अधिकांश पालिकाहरुले सरकारको उक्त निर्देशन अटेर गर्दै जग्गा वर्गीकरण नगरेपछि समस्या सृजना भएको थियो । हाल सरकारले जग्गा वर्गीकरणको समय थप गर्न भू-उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको छ ।
नियमावलीअनुसार पालिकाले कृषि र गैरकृषि छुट्याइसकेपछि जग्गा कित्ताकाट गर्न पाउनेछन् । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले पनि बैठकबाट एक वर्षका लागि कित्ताकाट खुला गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्