×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोजमा पनि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

LAXMI SUNRISE BANK

असोजमा पनि घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । असोज महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले ब्याजदर फेरी घटाएका हुन् ।

योसँगै भदौमा ६.५४ प्रतिशत रहेको बैंकहरुको औसत ब्याजदर असोजमा ०.१५ प्रतिशतले घटेर ६.३९ प्रतिशत कायम भएको छ । असोजमा २० वाणिज्य बैंकमध्ये दुई बैंकले ब्याजदर बढाएका छन् भने १० बैंकले ब्याजदर घटाएका छन् । बाँकी आठ बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असोजमा ब्याजदर बढाउनेमा कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर ६.०७ प्रतिशत पुर्याएको छ । भदौमा बैंकको यस्तो ब्याजदर ६ .०६५ प्रतिशत रहेको थियो । त्यस्तै, नेपाल बैंक लिमिटेडले भदौमा ५.२५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेप असोजमा ५.९५ प्रतिशत पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, नबिल बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक र एभरेस्ट बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

यता, असोजमा लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्मेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र हिमालयन बैंकले भदौको ब्याजडरलाई निरन्तरता दिएका छन् ।

असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यता, न्यूनतम ब्याजदर दिनेमा भने सानिमा बैंक छ । सानिमाले ५.९ प्रतिशत ब्याज दिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी