काठमाडौँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भदौ २९ गते फाइनान्सको मधुबन शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम वराहक्षेत्र-११, काफ्ले टोलका ४६ जना स्थानिय बासिन्दालाई सहकारी र फाइनान्सबीचको भिन्नता, बैंकिङ कारोबारको महत्व सम्बन्धी वित्तीय साक्षरता दिइएको थियो ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।