Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई थप सहज, घरमै बसेर यी सेवाको प्रयोग गर्न सक्ने…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुले अब घरमा नै बसेर ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’मार्फत विभिन्न सेवा पाउने भएका छन् । ग्राहकहरुले भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सक्नेछन् ।
  
बैंकका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् । भाइबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK