×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ फाउण्डेसनद्धारा रक्तदान तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL

मुक्तिनाथ फाउण्डेसनद्धारा रक्तदान तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ फाउण्डेसनले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस फाउण्डेसनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा नि:शुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा ५५ पोका रगत सङ्कलन भएको छ भने ४८ जनाले नि:शुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कार्यक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

त्यस्तै, दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो । सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार, सञ्चालक सिताराम काफ्लेले १० हजार तथा सञ्चालक राम प्रसाद पोख्रेलले १५ हजार संस्थालाई आ-आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी