×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काम गरेर देखाउने बाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन’: प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK
GLOBAL

‘काम गरेर देखाउने बाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन’: प्रधानमन्त्री ओली

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेर देखाउने बाहेक यो सरकारसँग अरु कुनै एजेन्डा नरहेको बताएका छन् । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पारेका हुन् ।

सँगै उनले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको पनि बताए । उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने पनि स्पष्ट पारेका छन् । यस्तै राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट गर्न सकिने पनि बताएका छन् ।

संशोधन प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताएका छन् । प्रधानमन्त्री ओलीले युवा-पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताएका छन् । सँगै ओलीले समाजमा आगो लगाउँछु भन्नेहरुबाट युवा पस्ताले आफूभित्रको केही गरौँ भन्ने आगोलाई बचाउन आग्रह पनि गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी