×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुटपाथ पसल तथा ठेला व्यापारमा रोक लगाउन काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीको माग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फुटपाथ पसल तथा ठेला व्यापारमा रोक लगाउन काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीको माग !

Artha Sarokar

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यकामा फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले फुटपाथ तथा ठेलामा हुने व्यापार पूर्णरुपमा बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानकर्षण पत्र बुझाएकी हुन् ।
खड्कीले ठेला र फुटपाथमा संचालन हुने पसलाई पूर्ण निषेधाज्ञा लगाउनु पर्ने माग राखेकी हुन् । यसो त भदौ २४ गते काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै ठेला तथा फुटपाथ पसललाई संचालन गर्न दिने निर्णय गरेको थियो ।
तर यस्ता प्रकृतिका पसललाई संचालनमा ल्याउँदा कोरोना संक्रमण फैलिने र कन्ट्रायक्ट ट्रेसिङमा समस्या देखिने भन्दै रोक लगाउनु पर्ने माग सहितको ध्यानकार्षण पत्र उपमेयरले सीडीओलाई बुझाएकी हुन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी