×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ तस्वीरमा हेर्नुहोस् सुपथ मुल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड… (फोटो-कथा)

LAXMI SUNRISE BANK

१६ तस्वीरमा हेर्नुहोस् सुपथ मुल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड… (फोटो-कथा)

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सुरू भएको ‘पर्वोत्सव’ सुपथ मुल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड बढेको छ ।
४ वटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्य वस्तु बिक्रीमा राखिएको छ । यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु पर्छन् ।
खाद्य व्यापार कम्पनीले अहिले यी सामाग्रीमा प्रति केजी ५ देखि १० रुपैयाँ छुट दिइरहेको छ । यसका अलवा सहुलियत पसलमा ग्राहकले ग्यास सिलिण्डर पनि किन्न पाउँछन् ।  खाद्य व्यापार कम्पनीले डिस्प्लेमा राखेको बोर्ड अनुसार अहिले चामलमा प्रतिकिलो पाँच रूपैयाँदेखि सात रूपैयाँसम्म छुट दिएको छ । कर्णालीको सिमीमा प्रतिकिलो सात रूपैयाँ छुट दिइएको छ।
चिनीमा पाँच रूपैयाँ, खाने तेलमा सात रूपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ । तर, चियापत्ती, नुन र ग्यासमा भने छुट छैन ।  कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकलाई काठमाडौंको चक्रपथ भित्र फ्री होम डेलिभरीको व्यवस्था गरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी