काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २७ कम्पनीको एक करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८ सय २० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजार सबैभन्दा धेरै नाफा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, अपर स्याँगे हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्