×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण,आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण,आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कारागारका ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कारागारका ३५ र २४ वर्षीय दुई जना पुरुष सुरक्षा गार्डमा पनि संक्रमण देखिएको छ ।
यस कारागारका ६ जना कैदीबन्दी, एक जना सवारी चालक र २ जना प्रहरीमा यसअघि नै कोरोना संक्रमण देखिएको थियो । बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, राजविराज ३ का ७१ र वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भैरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी