×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य महासंघले बाढी पीडितलाई सहयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल उद्योग वाणिज्य महासंघले बाढी पीडितलाई सहयोग गर्ने

Artha Sarokar

१५ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बाढी पीडितलाई सहयोग गर्ने भएको छ ।  महासंघले विपतको समयमा जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने भएको हो ।

असोज १० देखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति समेत महासंघले दुःख व्यक्त गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने जनाएको छ ।

विपद्‌मा आ-आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधैँ अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी