काठमाडौँ । मंगलबार सेयर बजारमा बेजोडको बाउन्स ब्याक देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज बुटवल पावरसहित १८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, आज एनएमबि ५० का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्