काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।
प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ । साथै बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, कम्पनी तथा समाजसेवीहरुद्वारा आर्थिक सहयोग गर्ने काम पनि भइरहेको छ ।
दुइ दिनको अविरल झरीका कारण आएको बढीपहिरोले देशभर ११ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।