काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उद्देश्यका साथ दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
‘म्यानेजिङ सेल्फ एण्ड रिलेसनसिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल लगायत ब्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरूले प्रदान गरेको उक्त प्रशिक्षण, कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा केकस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न, कर्मचारीहरू बीच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकास हुने विश्वास व्यक्त गरे ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरू, तथा १८ वटा योजनाहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्