×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीन महिनामा एक लाख ७० हजार बढीले लिए श्रम स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तीन महिनामा एक लाख ७० हजार बढीले लिए श्रम स्वीकृत

२ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार बिभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख ७० हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या दिनानु दिन बढ्दो छ ।

श्रम स्वीकृति लिनेमा एक लाख ४९ हजार ६ सय ४३ जना पुरुष र २० हजार ९ सय ५० जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ लाख ६२ हजार ६ सय ९४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

विभागको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपालीहरु युएई, साउदी अरेबिया, कतार, कुबेद, रोमानियालगायतका देशहरुमा जान श्रम स्वीकृति लिएको पाइएको छ । असोज महिनामा मात्रै युएई जानको लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । युएईका लागि १७ हजार ७२४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा १५ हजार ५४१ पुरुष र २ हजार १८३ महिला रहेका छन् ।

त्यस्तै, साउदी अरेबियाका लागि १० हजार ४६८, कतारका लागि ९ हजार ७९८, कुवेतका लागि ३ हजार ८०७, रोमानियाका लागि २ हजार २०४ जनाले श्रम स्वीकृति लिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी