Skip to content
LAXMI SUNRISE BANK

रास्वपाका अचम्मका समर्थक -‘कोहि छातीमा गोली थाप्न पनि तयार, कोहि छोरो विदेश जानु पर्दैन भन्ने आशमा सडकमा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसै पनि चर्चित व्यक्ति हुन् । न्युज २४ टेलिभिजनमा काम गर्दा देखि नै उनी चर्चित कार्यक्रम प्रस्तोता हुन् । टेलिभिजनकर्मीदेखि राष्ट्रको चौथो दलको सभापतिसम्म आईपुग्दा उनले असंख्य समर्थक कमाएका छन् । भलै, समर्थकहरुको संख्या दिनानुदिन घटेको छ ।
तर, रास्वपाका यस्ता समर्थकहरु पनि सडकमा भेटिएका छन्, जसमध्ये कोहि रविका लागि छातीमा गोली थाप्न पनि तयार छु भनिरहेका छन् भने कोहि छोरो विदेश जानु नपर्ने आशामा सडकमा छन् । अझ कोहि बर्षौंसम्म अरु दलमा लागेकाहरु पनि रास्वपाका कार्यकर्ता र समर्थक बनेका छन् ।
रास्वपाले आफ्ना सभापति पक्राउ परेपछि गरेको सडक संघर्ष कार्यक्रममा पनि त्यस्ता केहि पात्रहरु देखिएका छन् । जसमध्ये कसैले आफु रविका लागि गोली थाप्न तयार भएको बताईरहेका छन् भने कतिपयले बर्षौं अरु दलमा रहेर पनि आफु अहिले रास्वपाको नेता बन्न लालायित कार्यकर्ता रहेको बताईरहेका छन् ।
बाँकी भिडियोमा हेर्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK