Skip to content
LAXMI SUNRISE BANK

इसेवा र फोनपोइन्टस्बीच सम्झौता, डिजिटल कारोबार प्रबर्द्धन गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौँ । इसेवा र फोनपोइन्टस्बीच सम्झौता भएको छ । डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउन सम्झौता भएको हो ।

सम्झौताले प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतुले नियमीत प्रयोगकर्ताहरूलाई दिईने लोयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिएको छ । एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

फोनपोइन्टस् एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेको प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोनपोइन्टस्ले प्रदान गर्दछ ।

फोनपोइन्टस्का प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्टस् आर्जन गर्न सक्नेछन् । फोनपोइन्टस्ले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लोयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK