काठमाडौँ । १७औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसनले आइतबारदेखि फुलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो ।
एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले २०५१ साल देखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
नेपालीहरूको महान चाड तिहार पर्व नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरू आयोजना गर्ने गरेको एशोसिएसनले जनाएको छ ।
प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाईएको छ ।
४ दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्