×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नाफा १२% ले बढ्यो, ईपिएस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंकको नाफा १२% ले बढ्यो, ईपिएस कति ?

Artha Sarokar

८ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन खुद नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ प्रतिशतले धेरै हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ११.०८ प्रतिशत र संचालन नाफा १२.०१ प्रतिशतले बढेको छ ।

गरिमाको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ । यसको खराब कर्जा बढेर ३.८२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा २.६८ प्रतिशत रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी