काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य घट्दा डल्ले च्याउको मूल्य बढेको छ । तिते करेलाको मूल्य १० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ८० रुपैयाँ र डल्ले च्याउको मूल्य ४० रुपैयाँले बढेर २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा १२० रुपैयाँ, लोकल सानो गोलभेडा ११० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला ५०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी ६०, घिउ सिमी लोकल ९०, टाटे सिमी ७०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ७०, लौका ५०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ६०, भिण्डी ७०, सखरखण्ड ८०, बरेला ९०, पिंडालू ७०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० र तोरीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १५०, तरुल १००, कन्य च्याउ १२०, डल्ले च्याउ २९०, राजा च्याउ २८०, कुरिलो १०००, न्युरो ९०, ब्रोकाउली १८०, चुकन्दर ९०, जिरीको साग १५०, सेलेरी ९००, पार्सले २५००, पुदिना ८००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी २२०, खुर्सानी हरियो (बुलेट) २२०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १८०, हरियो लसुन २५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २८०, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १४०, कागती १८०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, निबुवा ५०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि २००, आभोकाडो २३० र अमला ५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्