×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

Artha Sarokar

९ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । कृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारीकृषि अनुदानको दुरुपयोग गर्नेलाई कार्वाहीको दायरमा ल्याउछौँः मन्त्री अधिकारी

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भुमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले कृषि अनुदानमा ‘डुप्लिकेशन’ हुन नदिन त्यसमा पुनरावलोकन गरी कृषि सहुलियत र अनुदानलाई उत्पादनमा प्रोत्साहित गर्नुपर्ने बताएका छन् । कृषि ऋणको लागि धितो मूल्याङ्कन विधि सहज र सरल बनाइ ऋण प्रवाहमा छिटो, छरितो बनाउनुपर्ने पनि जरुरी देखिएको मन्त्री अधिकारीको भनाई छ ।

त्यस्तै, मन्त्री अधिकारीले कृषिजन्य उपजको आयात भन्दा स्थानीय उत्पादनको प्रवद्र्धनमा सरकारले सहजीकरण गर्ने बताएका छन् । उनले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिँदै कृषिको व्यवसायिकरण र आधुनिकिकरण गर्ने निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताएका छन् ।

साथै कृषि उपजमा आयातको अवस्थाको अन्त्य गर्न कृषिमा लगानी बढाउँदै कृषि उपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नुपर्ने उनको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी