×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीयद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भण्डारी सेवा समाज नेपाल रघुवंशी कौशिक गोत्रीयद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भण्डारी सेवा समाजले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजको नेपाल रघुवंशी कौशिक गोत्रीय केन्द्रीय समितिको पहलमा कात्तिक १० गते (शनिबार) काभ्रे तेमाल गाउँपालिका-१ कल्लेरी पाखाका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरिएको हो ।

आर्थिक सहयोगस्वरुप पीडितलाई १ लाख ४० हजार ७ सय ४५ रुपैयाँ सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश तथा तराई मधेश प्रदेश इन्चार्ज कुमार भण्डारीले जानकारी दिएका छन् । असोज १० देखि १२ गते परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका डिल बहादुर भण्डारी र रुद्रमाया भण्डारीका छोरा दीपक भण्डारीलाई हस्तान्तरण गरिएको भण्डारीले बताएका छन् ।

भण्डारीका अनुसार सहयोगार्थ संकलन गरिएको रकम भण्डारी सेवा समाजका सदस्यहरु तथा प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा सबै बन्धुबान्धव र साथिभाइमार्फत संकलन गरिएको हो ।

उक्त रकम वडा सदस्य शिव बहादुर भण्डारी र समाजको नवगठित पालिका अध्यक्ष रत्न बहादुर भण्डारी (रामशरण) लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको कुमार भण्डारीले जानकारी दिएका छन् । पहिरोमा परेर आमाबुबासँग घरबार सबै गुमाएका भण्डारीलाई उक्त आर्थिक सहयोगले पुनर्निमाणमा सहयोग पुग्ने भण्डारी सेवा समाजले विश्वास व्यक्त गरेको छ ।

२०६५ सालमा स्थापना भएको भण्डारी सेवा समाजले निरन्तर सामाजिक कार्यमा आफ्नो सहभागिता जनाउँदै आएको छ । यसअघि समाजले २०७४ सालको बाढीपहिरो पीडितको राहत तथा उद्दारका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा २ लाख ५ हजार र रघुवंशी कौशिक गोत्रिय बन्धुहरुको कुल मन्दिर निर्माण, चतरा धाममा धर्मशाला निर्माण गर्नुका साथै कोरोना माहामारीका बेला कोभिड संक्रमितहरुको उद्धारमा सक्रिय रहेको थियो । हाल भण्डारी सेवा समाजले देशभरका ५६ जिल्लाका रघुवंशी कौशिक गोत्रिय दाजुभाईलाई समाजमा जोडेको छ ।

त्यस्तै, समाजले ‘भण्डारी एकता आजको आवश्यकता, सामाजिक काम सबै दाजुभाइ एक ठाम’ भन्ने नाराका साथमा देशव्यापी रुपमा सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी