×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्ती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्ती

Artha Sarokar

१२ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

आइपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी